एजेन्सी–आर्थिक संकटमा गुज्रिरहेको लेबनानले सामाजिक सञ्जाल प्रयोगमा लगाएको कर केही घण्टा वित्न नपाउँदै फिर्ता लिनु परेको छ।
लेबनानमा ह्वाटस्एप, फेसबुक म्यासेन्जर, एप्पल फेस टाइम जस्ता फोन हुने एपमा दैनिक ट्याक्स लगाउने घोषाणा गरेको थियो। एप्सबाट फोन गर्नेहरुले दैनिक ०.१४ डलर कर लगाउने घोषणा गरेको लिएपछि सो निर्णय फिर्ता लिएको हो। बिहीबार देशका विभिन्न स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप समेत भएको छ।
आर्थिक संकट हटाउने सरकारको तरिका सही नभएको भन्दै प्रदर्शनकारीले प्रधानमन्त्रीको राजीनामा समेत मागेका छन्। प्रदर्शनको क्रममा भएको झडपमा १ दर्जन बढी घाइते भएका छन्। शुक्रबार लेबनानका प्रधानमन्त्री साद अल हरीरीले देश खराब अवस्थामा रहेको बताए। तर उनले राजीनामा भने नदिने बताएकाछन्।