काठमाडौ–प्रायः सामाजिक सञ्जाल ट्विटरमा ट्वीटका कारण चर्चामा आइरहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस पटक एउटा चिठीका कारण चर्चामा आएका छन्। ट्रम्पले लेखेको चिठीको भाषा देखेर टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले त्यसलाई सिधै रद्दीमा फ्याँकिदिए।
सिरियाबाट अमेरिकी सेना फिर्तापछि राष्ट्रपति ट्रम्पले गएको ९ अक्टोबरमा टर्कीका राष्ट्रपति इर्दाेआनलाई सरकारी चिठी पठाएका थिए, जसमा भनिएको थियो– धेरै कडा नबन्नुहोस बेवकुफी नदेखाउनुस्।
चिठीमा ट्रम्पले उत्तरी सिरियामा कुर्दाेको अगुवाइमा सेनाको विरुद्ध सैन्य कारबाही नगर्न टर्कीका राष्ट्रपति एर्दाेआनलाई अनुरोध गरेका थिए। तर राष्ट्रपति एर्दाेआनले ट्रम्को चिठीलाई रद्दीमा फ्याँकेको र आक्रमणको आदेश दिएको बीबीसीले बताएको छ।
अमेरिकाले सिरियाबाट आफ्नो सैनिक हटाउने निर्णय गरेको थियो, त्यसपछि ट्रम्पले अब टर्कीले सैन्य कारबाही गर्न सक्छ भनेर टिप्पणी दिएपछि त्यसको कडा आलोचना गदै आएको छ।
अमेरिकी उपराष्ट्रपति माइक पेन्स टर्की पुगेका थिए र टर्की युद्धविरामको लागि तयार भएको थियो। उपराष्ट्रपति पेन्सले आगामी पाँच दिनसम्म युद्ध बन्द रहने र अमेरिकाले कुर्द सैनिकलाई पछि हट्न मद्दत गर्ने बताएका छन्।