एजेन्सी– बिहीबार स्थानीय सञ्चार माध्यमले अफगानिस्तानको तखार प्रान्तमा विशेष सुरक्षा फौजले गरेको कारबाहीका क्रममा तालिबान लडाकूका विशेष सहयोगी सलाहुद्दीन उर्फ इब्राहिमी मारिएका बताएको छ।
सलाहुद्दीन खासगरी आदिवासी नेताहरू लक्षित हमलामा संलग्न रहँदै आएको जनाइएको छ। तखार प्रान्तमा गरेको एक अर्को छुट्टै कारबाहीका क्रममा नौ जना
तालिबानी लडाकूलाई विशेष फौजले गिरफ्तार गरेको छ।सुरक्षा बलले हालै गरेका यस कारबाहीको विषयमा तालिबान लडाकू समूहले केही टिप्पणी गरेका छैनन्।
तालिबानले यस क्षेत्रको स्थायित्व र सुरक्षालाई चुनौती दिँदै वर्षौंदेखि अफगानिस्तानमा तैनाथ अमेरिकी फौज र अफगान सरकार विरुद्ध युद्ध गरिरहेको छ। राजनीतिक उथलपुथलका कारण इस्लामिक स्टेट्स र अल–कायदा जस्ता लडाकू समूहहरू देशैभरि सक्रिय छन्।