एजेन्सी — इस्लामाबाद स् पत्रकारहरुको संरक्षणका लागि सक्रिया संस्था ‘कमिटी टु प्रोटेक्ट जर्न्लिस्ट(सिपिजे)’को एसिया कार्यक्रमका प्रमुखलाई पाकिस्तानले प्रवेश निषेध गरिदिएको छ।
स्टेभेन बटलरलाई लाहोरस्थित विमानस्थलबाटै शुक्रबार फिर्ता पठाइएको हो। सिपिजेले विज्ञप्ति जारी गर्दै उनको पत्रकार भिसा अवधि नसकिए पनि पाकिस्तानी गृह मन्त्रीको ‘प्रतिबन्ध लगाउनुपर्ने व्यक्तिको सूची’मा परेकाले फिर्ता पठाइएको जनाएको छ।
पाकिस्तानी अधिकारीहरुले बट्लरको पासपोर्ट समेत जफत गरेका थिए। साथै कतारको राजधानी दोहा हुँदै अमेरिकाको उडानका लागि जबर्जस्ती पठाइएका हुन्।
बट्लरले पाकिस्तानमा हुने मानवअधिकारबारे सम्मेलनमा बोल्ने कार्यक्रम थियो। आयोजक संस्थाले पनि बट्लरलाई पाकिस्तानले फिर्ता पठाएको कुराको पुष्टि गरेको छ। साथै उनीसँग सम्पर्क भएको कुरा अलजजिराले जनाएको छ।