काठमाडौ–भारत र बंगलादेशको सिमामा बिहीबार भएको झडपमा भारतीय सीमा सुरक्षा बलका एक जवानको मृत्यु भएको छ। भारतीय सीमा सुरक्षा बलले बंगलादेशको सीमा क्षेत्रमा भएको फ्ल्याग मिटिङको समयमा भएको गोलाबारीमा विजय भान सिंहको मृत्यु भएको जनाएको छ।
उता बंगलादेश बोर्डर गार्डस्को राजशाही जिल्लाका कमाण्डिङ अफिसर लेफ्टिनेन्ट कर्णेल फिरदौस महमूदले भारतीय सीमा सुरक्षा बलले बंगलादेशतर्फ फायरिङ गरेपछि जवाफी कारवाही गरेको बताए।
बंगलादेशतर्फ भने हताहती नभएको उनले बताए। भारत र बंगलादेशको सीमामा रहेको पद्मा नदीमा माछा मार्ने माझी पक्राउको विषयमा दुवै पक्षबीच विवाद भएको थियो।
बिहीबार साँझ फ्ल्याग मिटिङपछि बंगलादेशका सैनिकले चारैतिरबाट घेरेर राखेको र अचानक गोली चलाएको बीएसएफका एक अधिकारीले आरोप लगाएका छन्।