एजेन्सी –रुसकी छ वर्षकी यलिना यकुपोवाको सौन्दर्य देखेर अहिले विश्व चकित बनेको छ।
यी बालिकाले ४ वर्षको उमेरदेखि नै मोडलिङ सुरु गरेकी थिइन्। सानैदेखि मोडलिङमा लागेकी यी बालिकाका इन्स्टाग्राममा पनि २२ हजारभन्दा धेरै फलोअर्स पुगेका छन्। र मानिसहरु सामाजिक सन्जालमा लेखिरहेका छन्। विश्वकी नयाँ राजकुमारी।
अर्को्तिर, यलिनाले विभिन्न फेसन अभियानहरुमा पनि भाग लिएकी छिन्। उनी मोनालिसा किड्स, ग्लेरिया जिन्सलगायतका ब्रान्डका लागि आधिकारिक प्रतिनिधि पनि हुन्। उनका म्यानेजरका अनुसार पछिल्लो वर्ष उनलाई अमेरिका, जर्मनी, बेलायतबाट सबैभन्दा बढी खोजिरएको छ।