काठमाडौँ, ११ माघ – भारतले अहिलेसम्मकै हल्का उप-ग्रह पृथ्वीको कक्षमा स्थापना गरेको छ। इन्डियन स्पेस रिर्सच अर्गानाइजेसनले भारतको सिरीहारीकोटामा रहेको स्पेस सेन्टरबाट उक्त सेटेलाइट लन्च गरेको हो।
इन्डियन स्पेस एजेन्सीमा अध्यनरत विद्यार्थीहरुले लन्च गरेको उक्त सेटेलाइटको तौल १.२ किलो रहेको इन्डियन स्पेस एजेन्सीले जनाएको छ।
यसअघि यो भन्दा पनि हल्का करिब ६४ ग्रामको सेटेलाइटलाई अमेरिकाले लन्च गरेको थियो। तर उक्त सेटेलाइट पृथ्वीको कक्षमा पुग्न सकेको थिएन।
इन्डियन स्पेस रिर्सच अर्गानाइजेसनका एक उच्च अधिकारीका अनुसार यो सेटेलाइट ६ दिनमा करिब १२ लाख भारतीय रुपैयाँमा बनेको हो।