काठमाडौं– मतदाता पहिचान गर्ने सवालमा बिवाद भएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलनको मतदानस्थल तनावग्रस्त भएको छ।
मतदाताहरुको परिचयपत्रको आधिकारिकताका बिषयमा बविाद बढ्दा साँझ ५ बजेदेखी सुरु हुने भनिएको मतदान प्रक्रिया नै शुरु हुन सकेको छैन्।
मतदान सुरु नभएको भन्दै मतदानस्थलमा हुलहुज्जत शुरु भएको हो। मतदानस्थलमा मतदाताहरुले नाराबाजी गरिरहेका छन्। चुनावस्थलको सुरक्षाको लागि सुरक्षा व्यवस्था थप चुस्त बनाइएको प्रहरीले बताएको छ।
३ घण्टादेखि मतदाताहरु लाइनमा बसेपनि अझै मतदान सुरु भएको छैन। मतदानस्थलमा तत्काल मतदान सुरु गर, एनआरएनए मुर्दाबाद लगायतका नाराबाजी भईरहेको छ।
https://www.youtube.com/watch?v=wSKsYt_xIG0&feature=youtu.be