एजेन्सी– अर्थशास्त्रतर्फको नोबेल पुरस्कारसंयुक्त रुपमा तीन जनालाई प्रदान गरिने भएको छ।
अर्थशास्त्र विधाको नोबेल पुरस्कार भारतीय मुलका अमेरिकी नागरिक अभिजित बेनर्जी, इश्वत डुफलो र माइकल क्रेमरलाई संयुक्त रुपमा प्रदान गरिन लागिएको हो।
उनीहरुले विश्वभरको गरिबी न्यूनिकरणका लागि गरेको ‘एक्सपेरिमेन्ट एप्रोच’का लागि उनीहरुलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्न लागिएको हो। यो एप्रोचलेले पछिल्लो २ दशकमा ठूलो भूमिका खेलेको जनाइन्छ। अहिले विश्वभर गरिबीको रेखामुनि रहेको जनसंख्या ७० करोडको हाराहारीमा रहेको तथ्यांक छ।
सन् १९८१ मा भारतीय मुलका बेनर्जीले कोलकाता विश्वविद्यालयबाट बीएस्सी गरेका थिए भने सन १९८३ मा जवाहरलाल नेहरु विश्वविद्यालयबाट स्नातकोत्तर गरेका थिए र त्यस्तै अमेरिकाको हार्वड विश्वविद्यायलबाट १९८८ मा विद्यावारिधि गरेका थिए।