एजेन्सी, १० माघ – इन्डोनेसियामा आएको बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या २६ पुगेको छ। अहिलेसम्म करिब २४ जना बेपत्ता छन्। उनीहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन्।
सुलावेसी द्वीपमा भीषण रुपमा परेको पानी र हावाहुरीपछि इडोनेसियाको दक्षिण भागमा पर्ने नौ ओटा जिल्लाका केही नदीसमेत थुनिएकाे छ। बाढी पहिरोको कारण हजारौँ विस्थापित भएका छन्।