काठमाडौं– अमेरिकामा सवारी दुर्घटना हुदाँ एक हप्तामा ४ जना नेपालीको ज्यान गएको छ।
दुर्घटनामा चारजना घाइते भएका छन्। घाइते मध्ये एकको अवस्था गम्भिर रहेको जनाइएको छ। अमेरिकाको ओहायोको स्थानीय सनबरी रोड र मोर्स रोडको बीच भागमा शनिवार राति १० बजे भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।
मृत्य हुनेमा २४ वर्षीय अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्मा रहेका छन। स्थानीय समाचार संस्था डब्ल्युएमसएचले घाइते हुने २२ वर्षीया सिर्जना विश्वकर्माको अवस्था गम्भीर रहेको र उनको माउन्ट कार्मल अस्पतालमा उपचार भइरहेको बताएको छ। तीन वटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो।
यसअघि मंगलबार र बुधबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा परी महोत्तरीको बर्दिवासका विष्णुप्रसाद सापकोटा र कर्णबहादुर सुवेदीको मृत्यु भएको थियो।श्रीमतिसहित घुम्न निस्केका बेला बुधबार केन्टकीमा गाडीले ठक्कर दिँदा सापकोटाको मृत्यु भएको थियो। गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनलाई युनिभर्सिटी अफ केन्टकी अस्पतालले मृत घोषित गरेको थियो।
उनकी श्रीमति विमला सापकोटा सोहि अस्पतालमा उपचाररत रहेको जनाइएको छ। स्थानीय समाचार संस्था लेक्स १८ को अनुसार उनको पनि अवस्था जटिल छ। त्यस्तै मङ्गलबार पेन्सलभेनिया राज्यस्थित ल्यानकास्टरमा भएको दुर्घटनामा परी कर्णबहादुर सुवेदीको मृत्यु भएको छ। सडक पार गर्ने क्रममा उनलाई गाडीले ठक्कर दिएको थियो।