एजेन्सी — भारतको उत्तर प्रदेश मउमा सोमबार बिहान ग्यास सिलिण्डर पड्किँदा१० जनाको मृत्यु भएको छ। घटनामा अन्य १५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।
मोहम्दाबादको बदलीपुर गाउँमा यो घटना भएको हो। सिलिण्डर पड्किएर घर भत्किँदा अझै केही व्यक्ति घरमा पुरिएको आशंका गरिएको छ। अहिले उद्धारको काम भइरहेको छ।
ग्यास सिलिण्डर के कारणले पड्किएको भन्ने बारेमा जानकारी प्राप्त भइसकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।