एजेन्सी– पुणेमा सम्पन्न भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेष्टमा भारतले शानदार जित निकालेको छ। भारतले दक्षिण अफ्रिकालाई इनिङसहित १ सय ३७ रनले पराजित गरेको हो। जितसँगै भारतले टेष्ट सिरिजमा २–० को अग्रता बनाएको छ।
दोस्रो इनिङ ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाकोे अन्तिम विकेट भारतका रवीन्द्र जडेजाले लिएका थिए। उनले दक्षिण अफ्रिकाका केशव महाराजलाई २२ रनमा आउट गरेका हुन्। त्यस्तै ९ औँ विकेट भने उमेश यादवले लिएका थिए।
टेष्टअन्तर्गतको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा ६०१ रन बनाउँदै इनिङ समाप्तीको घोषणा गरेको थियो। भारतका लागि कप्तान विराट कोहलीले २ सय ५४ रनको पारी खेलेका थिए।
फलोअनमा मैदान उत्रिएको दक्षिण अफ्रिकाले पहिलो इनिङमा सबै विकेट गुमाई मात्र २ सय ७५ रन जोडेको थियो। दक्षिण अफ्रिकाको पहिलो इनिङ सकिँदा भारत ३ सय २६ रनले अगाडि थियो। त्यसकारण पुनः ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दोस्रो इनिङमा सबै विकेट गुमाई १ सय ८९ रन जोड्यो।