एजेन्सी - चीनका राष्ट्रपति सी जिनपिङले दुई दिवसीय भारत भ्रमणको दोस्रो दिन पुनः एक पटक प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन्। दुई नेताले तमिलनाडुको कोवलमस्थित ताल फिशरम्यान कोव रिसोर्टमा वान टु वान वार्ता गरेका हुन्।
अहिले मोदी र सीबीच प्रतिनिधि स्तरमा वार्ता भइरहेको छ। यसमा विदेशमन्त्री एस जयशंकर र एनएसए अजीत डोभाल पनि उपस्थित छन्। बैठकपछि मोदीले चिनियाँ राष्ट्रपतिलाई दिउँसो भोज खुवाउनेछन्। दुई नेताले आज ६ घण्टा साथ बिताउनेछन्।
मोदी पछिल्लो वर्ष अप्रिलमा पहिलो अनौपचारिक बैठकका लागि चीनको वुहान गएका थिए। दुई नेताबीच बैंककमा ३१ अक्टोबरदेखि ४ नोभेम्बरसम्म हुने आसियान समिटमा पनि भेट हुनेछ।
दुई दिवसीय अनौपचारिको योजना नै दुई नेताहरु बीच कम्तिमा ६ घण्टा कुराकानी होस् भनेर तय गरिएको भारतीय सञ्चारमाध्यमहरु जनाएका छन्।अनौपचारिक छलफलपछि दुई देशबाट अलग–अलग बयान जारी गरिनेछ ।
मोदीसँग दोस्रो अनौपचारिक बैठकका लागि चिनियाँ राष्ट्रपति सी शुक्रबार महाबलीपुरम पुगेका थिए। मोदीले चीनका राष्ट्रपतिको स्वागत पारम्परिक तमिल भेषभूषामा गरेका थिए। यस दौरान मोदीले मामल्लपुरममा सीलाई अर्जुन तपस्या स्थली र तट मन्दिरको दर्शन गराएका थिए।
महाबलीपुरममा सांस्कृतिक कार्यक्रमपछि मोदीले सीलाई रात्रिभोज खुवाएका थिए। रात्रिभोगमा पारम्परिक दक्षिण भारतीय व्यञ्जन खुवाइएको थियो। २ घण्टासम्म चलेको डिनरमा दुई नेताबीच कयौँ मुद्दामा चर्चा भएको थियो।
विदेश सचिव विजय गोखलेले पत्रकार सम्मेलन गरेर दिभरको गतिविधिबारे जानकारी दिएका थिए। उनले दुई नेताबीचको भेटमा व्यापार र अन्तर्राष्ट्रिय प्राथमिकताको मुद्दामा छलफल भएको बताए। मोदी र सीले आतंकवाद र कट्टरपन्थबारे चिन्ता जताउँदै यस चुनौतिलाई मिलेर लड्नुपर्ने आवश्यकतामा जोड दिएको गोखलेले बताए ।