एजेन्सी– अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमको अनुसार इराकको विभिन्न भागमा भ्रष्ट्राचार विरोधी आन्दोलन मा कम्तिमा १ सय ९ जनाको मृत्यु भएको छ। अल्जजिराले मंगलबारदेखि भएको आन्दोलनमा ६ हजार भन्दा बढी घाइते भएको लेखेको छ।
स्वतः स्फुर्त रूपमा हजारौँ युवाहरू देशका विभिन्न भागमा भ्रष्ट्राचार, बेरोजगारी समस्या तथा खराब सरकारी सेवाविरुद्ध एक सातादेखि आन्दोलन गरिरहेका छन्। साथै उनीहरुले प्रधानमन्त्री अदेल अब्दुल महदीको राजिनामा समेत माग गरेका छन्।
सरकारी सुरक्षाकर्मीले आन्दोलनलाई नियन्त्रणमा लिने पानीको फोहोरा, अश्रुग्यास तथा रबरका गोली प्रयोग गरिरहेको जनाइएको छ।