काठमाडाै - बलिङमा करण केसी र व्याटिङमा बिनोद भण्डारी चलेपछी नेपालले हङकङलाई पराजित गरेको छ। आइतबार भएको ओमन पेन्टागुलर टि–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा हङकङलाई ४ विकेटले हराउदैँ नेपालले शानदार शुरुआत गरेको हो।
टस हारेर पहिले व्याटिङ गर्दै हङकङले दिएको १ सय २६ रनको लक्ष्य नेपालले १९ ओभर खेल्दै ६ विकेट गुमाएर पुरा गर्यो। हङकङलाई झिनो योगफलमा समेटेको भएपनि नेपालले सहज जित भने निकाल्न सकेन्। ओपनिङ गर्न आएका आएका कप्तान पारस खड्का पहिलो बलमै शून्यमा आउट भए भने पवन सर्राफ, दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेल पनि सस्तो स्कोरमा पेभिलियन फर्किँए। पवनले १० बलमा १० रन, दिपेन्द्रले ११ बलमा ६ रन र रोहितले ६ बलमा ५ रन बनाएका थिए।
३६ रनको स्कोरमा ४ महत्वपूर्ण विकेट गुमाइसकेको नेपाललाई विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले उद्दार गरे। उनले ४८ बलमा ५८ रन बनाउँदै नेपाललाई खेलमा फर्काए।
आरिफ शेखले २४ बलमा २१ रन बनाउँदै विनोदलाई साथ दिए। आरिफ र विनोदको साझेदारीले नेपाललाई अगाडि बढायो। तर, नेपालको स्कोर ९७ हुँदा आरिफ आउट भएपछि विनोदले सोमपाल कामीको साथ पाए।
सोमपालले १३ बलमा १३ रन बनाए । नेपाल जितनजिक पुगेका बेला सोमपाल पनि आउट भए। त्यतिबेला नेपाललाई जितका लागि १२ रनमा ११ रन आवश्यक थियो। विनोदले १८ औं ओभरको पाँचौं बलमा छक्का हान्दै आफ्नो अर्धशतक पुरा गरे भने छैटौं बलमा २ रन लिँदै नेपाललाई जिताए।
यसअघि अलराउण्डर करण केसीले ४ विकेट लिएपछि हङकङले झिनो योगफलमा सिमित भएको थियो। टस जितेर बलिङ गर्ने निर्णय लिएको नेपालको निर्णयलाई सहि सावित गर्दै नेपाली बलरहरुले हङकङलाई निर्धारित २० ओभरमा १ सय २५ रनमा रोक्न सफल भए। यसक्रममा हङकङका ६ व्याट्सम्यानहरुले आफ्नो विकेट गुमाए।
हङकङलाई सस्तोमा समेट्ने क्रममा नेपालका करण केसीले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चिएर ४ विकेट लिए। यस्तै अविनाश बोहराले १ विकेट लिए भने एक हङकङ व्याट्सम्यानलाई रनआउट गरे।
व्याटिङतर्फ हङकङका वाकस बरकतले सर्वा्धिक ३७ रन बनाए। कुल ४७ बलको सामना गरेका बरकतले २ वटा मात्र चौका प्रहार गरेका थिए।
यस्तै किचिंत साहले ३१ बलको सामना गर्दै २ चौका र एक छक्काको मदतमा ३१ रन बनाए भने ओपनर निजाकत खानले आक्रामक शुरुवात गर्दै १३ बलमा ३ चौका र एक छक्काको मदतमा २३ रन बनाएका थिए।
स्कोर कार्ड हेर्न यहाँ क्लिक गर्नुहोस