दिल्ली - भारतीय टीमले दक्षीण अफ्रीकालाई पहिलो टेस्ट म्याचमा नमीठो हार चखाएको छ। विशाखापटनमकाे वाई एस राजशेखर रेड्डी क्रिकेट मैदानमा खेलिएको पहिलो खेलमा भारतले दक्षिण अफ्रीकालाई को २ सय ३ रनले पराजित गर्यो। यससँगै तीन म्याचको श्रृखँलामा भारत १–० बढत हासिल गरेको छ।
दक्षिण अफ्रीकाको नमीठो हार
३ सय ९५ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकी दोश्रो पारीमा १ सय ९१ रनमा समेटियो र खेल २ सय रनभन्दा बढीको अन्तरले हार्यो। दक्षिण अफ्रीकाको तर्फबाट दोश्रो पारीमा डेन पीटले ५६ रन र एडन मार्करमले ३९ रन बनाए, त्यस्तै सेन्युरन मुथुस्वामी अविजित २९ रन बनाकर फर्किए।
भारतको तर्फबाट मोहम्मद शमीले ५, रवींद्र जडेजा ने ४ र आर. अश्विनले १ विकेट हात पारे।
यो पनि पढ्नुहोसः आश्विनले गरे मुरलीधरनको विश्व किर्तीमानको बराबरी
दक्षिण अफ्रीकाको दोश्रो पारी
म्याचको चौथो दिन प्रोटियाज टीमले ११ रन बनाएर एक विकेट गुमाएको थियो। त्यहि, म्याचको अन्तिम दिन दोश्रो नै ओभरमा आर. अश्विनले थ्यूनस डिब्रुयनलाई बोल्ड आउट गरिदिए। डिब्रुयनले २५ बलमा १० रन बनाए।
दक्षिण अफ्रीकालाई तेश्रो झटका तेंबा बवूमाको रुपमा लाग्यो। उनी खाता पनि नखोली मोहम्मद शमीको बलमा क्लीन बोल्ड भए।
पाहुना टोली दक्षिण अफ्रीकालाई चौथो झटका कप्तान फाफ डुप्लेसीको रुपमा लाग्यो। डुप्लेसी २६ बलमा १३ रन बनाएर मोहम्मद शमीको शिकार बने। शमीले विपक्षी कप्तानलाई क्लीन बोल्ड गरेका थिए।
पहलो पारीमा शतक लगाएका क्विंटन डिका‘क दोश्रो पारीमा धेरैबेर टिक्न सकेनन् र खाता नै नखोली मोहम्मद शमीको बलमा क्लीन बोल्ड भए। दक्षिण अफ्रीकालाई छैठो झटका रवींद्र जडेजाले दिए। उनले आफ्नो पहिलो बलमा नै शानदार कैच समाए एडन मार्करमलाई पवेलियनको बाटो देखाए। मार्करम ३९ रन बनाएर आउट भए।
जडेजाले यहि ओभरको चौथो बलमा वर्नोन फिलेंडरलाई खाता नै खोल्न नदिई एलबिडब्ल्यु धरापमा पारी पवेलियन पठाएर विपक्षी टीमलाई सातौँ झट्का दिए। यसपछिको बलमा नै केशव महाराज भी एलबिडब्ल्यु आउट भए।
दक्षिण अफ्रीकाको तर्फबाट डेन पीटले मात्र अर्धशतक बनाए। उनले ८६ बलमा ८ चौका र १ छक्काको मदतमा ५० रन बनाए। जुन उनको टेस्ट करियरको पहिलो अर्धशतक पनि हो। यद्धपी, त्यसमा ६ रन जोड्ने बित्तिकै उनलाई मोहम्मद शमीले आफ्नो शिकार बनाए।
पीट शमीको भित्र आइरहेको बलमा इनसाइड एज लागेर बोल्ड भए। अन्तिम विकेट पनि शमीको खातामा नै गयो। शमीले कगिसो रबादालाई १८ रनमा बोल्ड आउट गरे।
भारतले पहिलो पारीमा ७ विकेटको क्षतीमा ५ सय २ रन बनाएर पारीको घोषणा गरेको थियो। जबकि दक्षिण अफ्रीकाको टीम ४ सय ३१ रनमा समेटिएको थियो। यसरी भारतले ७१ रनको अग्रता पायो र भारतले दोश्रो पारीमा ४ विकेटको क्षतीमा ३ सय २३ रन बनायो। भारतले प्रोटियाज टीमलाई ३ सय ९५ रनको लक्ष्य दियो र दक्षिण अफ्रीकी टीम १ सय ९१ रनमा समेटियो।
म्याचकाे चौथो दिनको हाल
म्याचको चौथो दिन भारतले पहिले दक्षिण अफ्रीकाका दुई विकेट चटकायो र फेरी रोहित शर्माले चेतेश्वर पुजारासँग मिलेर भारतको पारीलाई विशाल योगफलसम्म पुर्यायो।
यसपछी कप्तान विराट कोहली, रवींद्र जडेजा र उपकप्तान अजिंक्य रहाणेले तिव्र गतीमा रन बनाएर पारीको घोषणा गरिदियो र दक्षिण अफ्रीकालाई फेरी व्याटिङ गर्ने निमन्त्रणा दियो।
यस टेस्ट म्याचको चौथो दिन दक्षिण अफ्रीकी टीमले ९ ओवर खेल्यो, जसमा एक विकेट गुमाएर ११ रन बनाएको थियो।
रोहित शर्मा नंबर वन
पहिलोपटक कुनै टेस्ट म्याचमा ओपनिंग गर्न उतरिएका रोहित शर्माले पहिलो पारीपछि दोश्रो पारीमा शतक लगाए। यस खेलमा रोहितले कुल ३ सय ३ रन बनाए। यसका बावजुद एक टेस्ट म्याचमा सबैभन्दा बढी छक्का हान्ने दुनियाको पहिलो खेलाडी पनि बने। त्यस्तै एकै टेष्ट म्याचमा लगातार दुई पारीमा शतक जोड्ने व्याट्सम्यानहरुको सुचिमा पनि आफ्नो नाम चढाउन रोहित सफल भए।
रोहितले यस म्याचमा दक्षिण अफ्रीकाबिरुद्ध कुल १३ छक्का लगाए। यसअघि पाकिस्तानका वसीम अकरमले एक टेस्ट म्याचमा १२ छक्का लगाएका थिए।