एजेन्सी– भारतीय टीमका दिग्गज अफ स्पिनर रविचंद्रन अश्विनले टेस्ट क्रिकेटमा एक नयाँ इतिहास लेखेका छन। आर अश्विन टेस्ट क्रिकेटमा सबैभन्दा छिटो ३५० विकेट पूरा गर्ने संयुक्त रूपमा विश्वको पहिलो खेलाडि बनेका छन्। साउथ अफ्रीकाविरुद्ध विशाखापटनममा आठ विकेट लिएर उनले कमाल देखाएका हुन्।
आर अश्विन भारतबाट सबैभन्दा छिटो ३५० टेस्ट विकेट लिने पहिलो खेलाडि बनेका छन। यतिमात्र होइन, यससँगै उनी छिटाे ३ सय ५० विकेट लिने श्रीलंकाई महान बलर मुथैया मुरलीधरनसँगै पहिलो खेलाडी बनेका छन। अश्विनले अफ्नो ६६ औं टेस्ट म्याचमा यो कमाल देखाएका हुन।
यति नै टेस्ट म्याचमा महान स्पिनर मुथैया मुरलीधरनले पनि यस्तै कमाल आफ्नो टीमको लागि गरेका थिए। मुरलीधरनलाई सो काम गर्नलाई ९ बर्ष लागेको थियो भने अश्विनले ८ बर्षभन्दा पनि थोरै समयमा गरेर देखाए।
छिटो ३५० टेस्ट विकेट लिनेहरु
६६ म्याच– मुथैया मुरलीधरन
६६ म्याच– आर अश्विन
६९ म्याच– रिचर्ज हेडली
६९ म्याच– डेल स्टेन
७० म्याच – ग्लेन मैग्रा
भारतको तर्फबाट अश्विन सबैभन्दा छिटो ३५० टेस्ट विकेट लिने खेलाडि हुन। अश्विनले भन्दा पहिला महान कपिल देव, अनिल कुंबले र हरभजन सिंहले यो कमाल गरिसकेका छन्, तर सो खेलाडिहरुले ७०/८० भन्दा बढि टेस्ट म्याँच खेलिसकेका थिए। अश्विनले जम्मा ६६ म्याचमा यो वर्ल्ड रेकर्ड बनाएका हुन्।
भारतको टिमबाट २५० टेस्ट विकेट लिने खेलाडी
१०० म्याच– कपिल देव
८३ म्याच– हरभजन सिंह
७७ म्याच– अनिल कुंबले
६६ म्याच– आर अश्विन
अफ ब्रेक बलर रविचंद्रन अश्विनले सबैभन्दा छिटो २५० र ३०० टेस्ट विकेट लिनेको वर्ल्ड रेकर्डमा आफ्नो नाम राखिसकेका छन् र साउथ अफ्रीकाविरुद्ध विशाखापटनम टेस्ट म्याचको पहिलो चोटी नै ७ विकेट अश्विनले लिएका थिए।