एजेन्सी– केन्याको पश्चिमी क्षेत्रको किसुमु शहरमा सवारी साधन दुर्घटना हुँदा १२ जनाको मृत्यू भएको छ।
प्रहरीको अनुसार बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुदाँ १२ जना यात्रुको ज्यान गएकोे छ। दुर्घटनामा अन्य १२ जना भन्दा बढी घाइते भएका छन्। किसुमुका प्रहरी कमाण्डर बेनसन मावेयुले बस साइयाबाट नैरोबीका लागि छुटेको जानकारी दिएको छ।
किरिचो राजमार्गमा बसले ट्रकलाई उछिनेर अघि बढ्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा ५१ जना यात्रु सवार थिए।
प्रहरीले दुर्घटनामा बस र ट्रकका सवारी चालक दुबै जनाको घटनास्थलमै मृत्यू भएको बताएको छ।