एजेन्सी–क गरेको छ। परमाणुअस्त्र बोक्न सक्ने उक्त क्षेप्यास्त्रको परीक्षण उत्तर कोरियाले यो वर्ष गरेको एघारौँ परीक्षण भएको बीबीसीले जनाएको छ।उत्तर कोरियाले नयाँ प्रकारको बलिस्टि क्षेप्यास्त्र परीक्षण
उक्त क्षेप्यास्त्र समुद्रमुनि पनडुब्बीबाट प्रहार गर्न सकिने खालको भएको बीबीसीले जनाएको छ। पनडुब्बीबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र हुनुको अर्थ उत्तर कोरियासँग आफ्नो सीमाबाहिरबाट पनि क्षेप्यास्त्र प्रहार गर्न सक्ने सामर्थ्य भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
बुधवार स्थानीय समयानुसार बिहान सात बजे सो परीक्षण गरिएको थियो। उत्तर कोरियाली समाचारसंस्था केसीएनएका अनुसार बाह्य आक्रमणको जोखिम कम गर्न बनाइएको पुक्गुक्सङ(३ क्षेप्यास्त्र आकाशतर्फ प्रक्षेपण गरिएको थियो।
दक्षिण कोरियाका अनुसार सो क्षेप्यास्त्र ४५० किलोमिटरको दुरी र ९१० किलोमिटरको उचाइ प्राप्त गरेपछि समुद्रमा खसेको थियो। यसको अर्थ सो क्षेप्यास्त्र अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष केन्द्र रहेको स्थानभन्दा दुईगुना माथि पुगेको थियो। तर उत्तर कोरियाले यसअघि पनि त्योभन्दा माथि पुग्नेगरी क्षेप्यास्त्र परीक्षण गरिसकेको छ।
यो परीक्षण उत्तर कोरियाले अमेरिकासँग पुनस् परमाणु निरस्त्रीकरणसम्बन्धी वार्ता सुरु गर्ने बताएको केही समयमा गरिएको थियो। यसले छिमेकी राष्ट्रहरूलाई कुनै असर नपरेको पनि केसीएनएले बताएको छ। यसअघिका परीक्षणमा जस्तो यस पटक नेता किम जङ अनको तस्बिर भने सार्वजनिक भएको छैन ।
यो वर्ष गरिएका अन्य १० वटा परीक्षणमा छोटो दुरीका क्षेप्यास्त्र मात्रै थिए।