काठमाडौं– साफ यू–१८ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ। नेपालमा सम्पन्न प्रतियोगिताको फाइनलमा भारतले बंगलादेशलाई २–१ गोलले पराजित गरेको हो।
हल्चोकस्थित एपीएफको मैदानमा आइतबार भएको प्रतिस्पर्धात्मक खेलको दोस्रो मिनेटमा भारतका विक्रम प्रताप सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए।
रोमाञ्चक खेलको ४० औँ मिनेटमा बंगलादेशका एसिन अर्फातीले गोल गर्दै बराबरी गरेका थिए। तर खेलको अन्त्यतिर इन्जुरी समयमा गोल गर्दै भारतले उपाधि पक्का गरेको हो। भारतले पहिलोपटक यो उपाधि हात परेको हो।
यसअघिको दुई संस्करणको उपाधि नेपालले हात पारेको थियो। नेपाल यो संस्करणमा भने समुह चरणबाटै बाहिरिएको थियो।