एजेन्सी- शनिवार संस्कृती मन्त्रालयले उनको मृत्युको पुष्टि गर्दै उनको आवाज मेक्सिकोको राम्रो आवाज मध्य एक हो भन्दै वयान गरेकाे छ।
आफ्नो हार्दिक ब्याल्ड्स को लागी परिचित, जोसे जोसेको करियर पाँच दशक लामो छ र उनले १२० मिलियन भन्दा बढी रेकर्ड बेचिसकेका छन्। उनले धेरै ग्रेमी नोमिनेसन पनि जितेका छन्। प्यानक्रियटिक क्यान्सरसँग उनि लडीरहेका थिए र दक्षिण फ्लोरिडाको एक अस्पतालमा उनको मृत्यु भएको मिडिया रिपोर्टले बताएको छ।
गायक, गीतकार र सामयिक अभिनेता, जसको वास्तविक नाम जोसे रमुलो सोसा अर्टिज हो। सन् १९७० मा एल ट्रिस्ट जस्ता गीतहरूको कारण ल्याटिन चार्टको शीर्षकमा माथि पुगेको थियो।
ल्याटिन रेकर्डिङ एकेडेमीले उनलाई २००४ मा ल्याटिन ग्र्यामी पुरस्कारमा म्यूजिकल एक्सलेन्स प्राइजले सम्मान गरेको थियो र त्यसै वर्ष हलिउड वाक अफ फेममा उनी एक स्टारका साथ सम्मानित भए।
उनको मृत्युपछि मेक्सिको सिटीमा प्रशंसकहरूले उनका स्टाच्युमा माला लगाएर र उनको गीत गाएर श्रद्धांजलि दिएका छन्। मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यान्युएल लोपेज ओब्राडोरले पत्रकारहरुलाई भने, ‘यो दुखद घटना हो, उनको मृत्यु भएको छ।’