एजेन्सी– साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित फ्रेन्च लिग वानमा साँघुरो जित निकालेको छ। शनिबार राति भएको खेलमा पीएसजीले बोर्डुअक्सलाई १–० ले हराएको हो।
पीएसजीको जितमा नेयमारले एकमात्र निर्णायक गोल गरेका थिए। जारी सिजनमा नेयमारले उत्कृष्ट प्रदर्शन गर्दै पीएसजीलाई स्पष्ट जित दिलाइरहेका छन्। खेलमा हाबी भएको पीएसजीले पहिलो हाफ गोलरहित बराबरीमा सकाएको थियो।
आक्रमक खेल प्रदर्शन गरेको पीएसजीको लागि नेयमार जुनियरले ७० औं मिनेटमा गोल गरेका थिए। त्यसपछि थप गोल नहुँदा पीएसजीले खेल आफ्नो पक्ष पारेको हो।
जितसँगै पीएसजी ८ खेलमा १८ अंक जाड्दै शीर्षस्थानमा उक्लिएको छ। त्यस्तै याङ्गर्स १६ अंकको साथ दोस्रो स्थानमा छ भने पराजित बोर्डुअक्स १२ अंक जोडेर पाँचौं स्थानमा छ।