एजेन्सी – सिरि ए फुटबलमा युभेन्टसले अपराजित यात्रा कायम राखेको छ। शनिबार भएको खेलमा युभेन्टसले स्पालमाथि २–० को जित निकालेको छ।
पहिलो हाफको अन्तिम समयमा मिरालिम प्ययानिचले गोल गर्दै युभेनटसलाई अग्रता दिलाए। उनले सो गोल ४५ औं मिनेटमा गरेका थिए।
दोस्रो हाफमा पनि युभेन्टसले अग्रता दोब्बर बनाउने अवसरहरु पाए पनि सफल भएको थिएन। तर खेलको ७८ औं मिनेटमा डिबालाको सहयोगमा रोनाल्डोले गोल गर्दै युभेन्टसको जित पक्का गरेका थिए।
जितसँगै युभेन्टस ६ खेलबाट ५ खेलमा जित तथा १ खेलमा बराबरी गर्दै १६ अंकको साथ दोस्रो स्थानमा छ। त्यस्तै लिगमा शतप्रतिशत जित निकालेको इन्टर मिलान १८ अंकको साथ अंक तालिकाको पहिलो नम्बरमा छ।