एजेन्सी – सुदूर पूर्वी तटीय क्षेत्रमा अनधिकृत रुपमा माछा मारेको अभियोगमा रुसले २ सय ६० जना उत्तर कोरियालीलाई पक्राउ गरिएको जनाएको छ।
गत साता मात्रै जापानी सामुद्रिक जलक्षेत्रबाट १ सय ६० जनाभन्दा बढी उत्तर कोरियाली माझीलाई पक्राउ गरेको खबर सार्वजनिक भएको थियो। एफएसबी सुरक्षा सेवाले उत्तर कोरियाका २ सय ६२ जना माझीलाई पाँचवटा मोटरबोट सहित पक्राउ गरिएको जानकारी दिएको छ।
रुसी समाचार संस्थाका अनुसार उत्तर कोरियाली माझीहरुले कुनै प्रतिरोध नगरेका र उनीहरुलाई सुदूर पूर्वी नाखोट्का बन्दरगाहमा राखिएको छ। माझीहरुबाट माछा मार्न प्रयोग गरिने ३० हजारभन्दा बढी चारो पनि बरामद गरिएको छ। एफएसबीका अनुसार रुसी तटरक्षकहरुको उत्तर कोरियाली माझीहरुसँग सामान्य झडप पनि भएको थियो।
जापान समुद्रमा माछा मार्ने अधिकारका विषयमा रुस, उत्तर कोरिया र जापानबीच नियमितझैं झडप हुने गरेको छ। उत्तर कोरियाले जुलाईमा १५ जना रुसी सहित एक डुङ्गा नियन्त्रणमा लिएको थियो।