एजेन्सी — भारतीय प्रधानन्त्री नरेन्द्र मोदीले इरानका राष्ट्रपति हसन रुहानीसँग भेटवार्ता गरेका छन्। न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री मोदीले इरानी राष्ट्रपति रुहानीसँग भेटवार्ता गरेका हुन्।
भेटका क्रममा प्रधानमन्त्री मोदीले खाडी क्षेत्रमा शान्ति सुरक्षाका लागि कुटनीतिक पहलमार्फत अन्य राष्ट्रलाई विश्वासमा लिन सुझाव दिएका थिए। दुवै नेताबीच सन् २०२० मा कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठ धुमधामसँग मनाउने सहमतिसमेत भएको बताइएको छ। एजेन्सी