काठमाडौँ — ‘ग्लोबल गोलकीपर अवार्ड’बाट भारतीय प्रधानमन्त्री मोदी सम्मानित भएका छन्। मोदीलाई बिल एण्ड मोलिन्डा गेट्स फाउण्डेशनले प्रतिष्ठित ‘ग्लोबल गोलकीपर अवार्ड’बाट सम्मानित गरेको हो।
मोदीले स्वच्छ भारत अभियानको नेतृत्व गरेको भन्दै फाउण्डेशनले उक्त अवार्डडबाट सम्मानित गरेको हो। उनलाई उक्त पुरस्कार अमेरिकाको लिंकन सेन्टर फर परफर्मिङ आर्टस् कार्यक्रममा प्रदान गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
यस्तै मोदीले सम्मानपछि यो अवार्ड आफ्नो नभइ सम्पूर्ण भारतीय जनताको भएको र स्वच्छ भारत बनाउन संकल्पका साथ दिएको भन्दै आभार प्रकट गर्न चाहेको बताए।