एजेन्सी – हाल बंगलादेशमा एक दुलही जन्ती बोकेर विवाह गर्न दुलहाको घरमा पुगेकी छिन्। १९ वर्षीया खदिजा अख्तर खुसीले आफ्नो पाहुनाका लागि यस्तो गरेकी होइनन्। खदिजाले बंगलादेशका सबै महिलाले उनको अनुसरण गर्लान् भन्ने आशाले यस्तो गरेकी हुन्।
यो देशमा शताब्दिऔं देखि विवाहका लागि दुलहा दुलहीको घर जाने चलन छ। आफ्नो विवाहको घटना भाइरल भएको केही दिन पछि खदिजाले बीबीसी बंगालीसँग यदि केटाले विवाह गरेर केटी ल्याउन सक्छ भने केटीले किन गर्न सक्दिनँ भनेर भनेकि छिन्। खदिजाले तारिकुल इस्लामसँग विवाह गरेकी छिन्।
यद्यपि, यो घटनाले कतिपय प्रेरित छन् भने कतिमा आक्रोष पैदा गराएको छ। एक व्यक्तिले रिसाउँदै भनेका छन् ‘दम्पत्ति र उनका परिवारलाई चप्पलले कुट्नुपर्छ।’ खदिजा र उनका दुलहालाई यो कुराले केहिँ फरक पर्दैन्। उनीहरु दुबै राम्रो काम गर्नुपर्ने मान्यता राख्छन्।
उनले बीबीसीलाइृ बताइन्,‘यहाँ परम्परा मुद्दा होइन। यो महिला अधिकारको एउटा विषय हो। आज यदि एक युवतीले युवकसँग विवाह गर्न जान्छिन् भने कसैलाई केही क्षती हुँदैन।’ उनले भनिन् ‘यसको साटो, महिलामाथि दुर्व्यवहार कम हुनेछ। कुनै पनि व्यक्ति कोही भन्दा कम वा सानो हुँदैन।’
यी दम्पत्तिले विवाह गरेको तरिकाले व्यापक विरोध हुन्छ भन्ने उनीहरुलाई राम्रोसँग थाहा थियो। गत शनिबार भारतको सीमामा अवस्थित एक ग्रामीण क्षेत्रमा यो विवाह भएको हो। सुरुवातमा उनीहरुका आफ्नै परिवारका सदस्य पनि यस्तो विवाहका लागि उत्सुक थिएनन्।
यद्यपि, २७ वर्षीय तारिकुले अन्त्यमा परिवार राजी भएको बताए। आफूले कुनै पनि गल्ती नगरेकोमा उनीहरु ढुक्क छन्। नव दम्पत्तिले भने, ‘अदालत, मस्जिदमा विभिन्न विवाह हुन्छन्। हामी धर्म अनुसार विवाह गर्छौं।’
उनका अनुसार त्यहाँ एक काजी र साक्षी हुन्छन्। यस्ता विवाह पंजीकरण हुन्छ। त्यो विवाहको औपचारिकता हो। हामीले ठ्याक्कै त्यस्तै गरेका छौं। उनका अनुसार मानिसहरुले के सोच्छन्, के भन्छन्, त्यो महत्वपूर्ण होइन। सबैका आ–आफ्नै सोच र धारणा हुन्छन्।
कस्तो छ परम्परा ?
बीबीसी बंगाली संवाददाता संजना चौधरी भन्छिन्, ‘यहाँको परम्परा अनुसार दुलहा र उनका आफन्त दुलहीको घरमा जान्छन्। त्यहाँ विवाह समारोह आयोजना गरिन्छ र उत्सव मनाइन्छ। त्यसपछि दुलही आफ्नो परिवारसँग बिदा लिन्छिन दुलहाको घरमा भित्रिन्छिन्।’
यो परम्परा वर्षौंदेखि जारी छ।
पश्चिमी बंगलादेशको एउटा जिल्ला मेहेरपुरमा केही भिन्न देख्न पाइयो। यहाँ दुलही आफ्नो परिवारका सदस्यसँग विवाह गर्न दुलहाको घर गइन् र विवाहपछि दुलहा, दुलहीको घरमा गए। यो विवाहको महत्वलाई नजरअन्दाज गर्न सकिँदैन।
थुप्रै पुरुषका लागि यो अपमानजनक हुनसक्छ। कतिले यो घटनालाई अचम्मित गरिदिने किसिमको पनि भन्न सक्छन्। यहाँसम्म कि एउटा सानो गाउँमा विवाहको जस्तो घटना भएको छ, त्यस्तो बंगलादेशको शहरमा अहिलेसम्म पनि भएको छैन।
दम्पत्तीले विवाहित जीवनको सुरुवात एउटा ठूलो साहस देखाउँदै गरेका छन्। उनीहरुको आत्मविश्वासबाहेक यो एउटा साहसपूर्ण निर्णय थियो। हालैका वर्षमा बंगलादेशमा समानताको दिशामा निकै प्रगती भएको छ। विश्व आर्थिक मञ्चका अनुसार लैंगिक समानताका मामलामा दक्षिण एशियामा बंगलादेशको श्रेणी उच्च छ।
यद्यपि, गम्भीर मामला अझै पनि कायम छन्। १९ वर्षकी नुसरत जहाँ रफीको मृत्यु संसारभरी चर्चामा रह्यो। उनले प्रधानाध्यापकविरुद्ध यौन उत्पीडनको मुद्दा दर्ता गरेपछि उनलाई जिउँदै जलाएर हत्या गरियो। यसैबीच संयुक्त राष्ट्रले विवाह गर्ने दुई तिहाई महिलाले आफ्नो जीवनसाथीको हातबाट हिंसाको शिकार हुनुपरेको बताएको छ जसमा गत वर्ष आधा महिलाले रिपोर्ट दर्ता गराए।
जब मुस्लिम बहुल देशमा शिक्षा, विवाह कानूनजस्ता विषयमा प्रगतिको कुरा भइरहेका बेला महिला अधिकार समूहले प्रतिबन्ध र पक्षपातको आरोप लगाउँछ। स्मरण रहोस्। बंगलादेश हाई कोर्टले गत महिना विवाहको फारमबाट कुमारी (भर्जिन) शब्द हटाउन आदेश दिएको छ।
त्यसपछि अब महिलाले विवाहको फारममा भर्जिन भएको जानकारी दिन आवश्यक छैन। पुरुषले यस्ता कुनै पनि कुराको घोषणा गर्नुपर्दैन। तारिकुल र खदिजा आफ्नो विवाह लैङ्गिक समानताको दिशामा एक प्रतिगामी कदम हुनेमा आशावादी छन्।
तारिकुलले समाचार एजेन्सी एएफपीलाई एक पुरुषले जे गर्न सक्छन् त्यो महिलाले पनि गर्न सक्छन् भन्ने कुराको सन्देश हाम्रो विवाहले दिने कुरामा उनि आशावादी भएको जानकारी दिए। यदि यस्तो भएन छ भने पनि उनीहरु आफ्नो निर्णयले अत्यधिक खुसी हुनेछन्। खदिजाले उनिहरुले विबाहमा असाध्यै रमाइलो गरेको बताईन्।