काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भुटानी शरणार्थीले आफूहरुलाई स्वदेश फिर्ताका लागि सहयोग गर्न आग्रह गरेका छन्। भुटानी शरणार्थी स्वदेश फिर्ता समितिले अमेरिकी राष्ट्रपति ट्रम्पलाई पत्र लेखी आफूहरुलाई स्वदेश फिर्ताका लागि हस्तक्षेप गर्न आग्रह गरेको हो।
समितिका अध्यक्ष भम्पा राईले लेखेको पत्रमा भनिएको छ ‘यो काम अमेरिकाको हस्तक्षेप विना सम्भव होलाजस्तो लाग्दैन’ उनले भने। धेरै भुटानी शरणार्थी अहिले पनि शिविरमा बसिरहेको भन्दै उनले अरु देशका नागरिकले जस्तै भुटानी शरणाार्थी पनि आफ्नो देश फर्कन पाउने अधिकार प्राप्तीको प्रतीक्षामा रहेको उल्लेख गरेका छन्।
तर आफूहरुको मागअमेरिकाको हस्तक्षेपविना पूरा हुन नसक्ने उनले उल्लेख गरेका छन्। साढे दुई दशकदेखि अन्तर्रा्ष्ट्रिय रुपमा समस्याको रुपमा देखिएको यो समस्या समाधान गर्न राईले ट्रम्पसँग आग्रह गरेका छन्।सरकारले देश निकाला गरेका धेरै व्यक्ति अमेरिकामा पुनर्बासका लागि गए पनि अझै घर फिर्तीको प्रतीक्षामा ठूलै समूह रहेको बताएका छन्।