एजेन्सी– मङ्गलवार साँझ पाकिस्तानको राजधानी इस्लामावादसहित देशको उत्तरी भेग, लाहोर, पेशावर र पाकिस्तान प्रशासित कश्मीरमा भुकम्प गएको छ।
अमेरिकी भूगर्भ मापक निकाय यूएसजीएस र पाकिस्तानको भूगर्भ विभागले उक्त भुकम्प ५.८ म्याग्निच्युडकाे भएकाे बताएका छन्।
जसको केन्द्रविन्दु पञ्जाबको जेलुम शहरभन्दा पाँच किलोमिटर पर थियो। भूकम्पको गहिराइ १० किलोमिटरको रहेको बताइएको छ।
पाकिस्तानका सेना प्रमुखले प्रभावित क्षेत्रमा तत्काल उद्धारकार्य सुरू गर्न निर्देशन दिएको सेनाका प्रवक्ताले ट्विट् गरेका छन्। क्षतिको विस्तृत विवरण आउन बाँकी छ।