एजेन्सी– उच्च अदालतले बेलायतको प्रधानमन्त्री बोरिस जोन्सनको संसद भंगको निर्णयलाई ‘अवैध’ भन्दै फैसला गरिदिएको छ।
मंगलबार प्रधानमन्त्रीको विवादास्पद निर्णयलाई अदालतले अवैध भनिदिएको हो। बेलायतको उच्चस्तरका मुद्दामध्ये एक यस घटनामा पध्रानमन्त्रीले ऐनविरुद्ध निर्णय गरेको जनाएको छ।
अदालतको उक्त फैसलाले बेलायतमा राजनीतिक परिस्थिति बदलिने देखिएको छ। यससँगै ब्रेक्जिट मुद्दालाई सल्टाउने भन्दै प्रधानमन्त्री बनेका जोन्सनलाई थप राजनीतिक दबाव दिईएको देखिएको छ।