एजेन्सी– अल्जेरियाको एक अस्पतालमा आगलागी हुँदा आठ जना बालबालिकाको मृत्यु भएको छ।
मंगलबार स्थानीय समय अनुसार बिहान करिब ४ बजे अस्पतालको प्रसूति विभागमा आगलागी भएको हो। जहाँबाट ११ बालबालिका, १ सय ७ महिला र २८ जना अस्पतालका स्टाफलाई सकुशल उद्धार गरिएको बताइएको छ।
एएफपीको अनुसार राजधानी नसिम बर्नओइबाट ५ सय किलोमिटर दक्षिणपूर्वी ओएड सोफस्थित असपतालमा यस्तो घटना भएको हो।