एजेन्सी– इराकको बगदादस्थित अमेरिकी राजदूतावास नजिकै दुईवटा रकेट आक्रमण भएको छ। यस्तो आक्रमण कसले किन गराएको भन्ने अझैँ पत्ता लागेको छैन र हालसम्म कसैले जिम्मेवारी पनि लिएको छैन।
दूतावास रहेको स्थान ग्रिनजोनम उक्त हमला भएको हो। सुरक्षा अधिकारीहरुका अनुसार दूतावासको भवनबाट एक माइलभन्दा पनि थोरै दूरीमा रकेट खसालिएको थियो।
मध्यरातमा १ सय एमएमका दुई रकेट आक्रमण गरिएको हो। घटनामा कोही पनि घाइते भएका छैनन्। इराकमा अमेरिकी दूतावास भएको ठाउँलाई अति उच्च सुरक्षित क्षेत्र मानिन्छ।