एजेन्सी– इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण २४ जनाको मृत्यु भएको छ। साे हिंसामा अन्य ७२ जना घाइते भएका सेनाका प्रवक्ता कर्नेल एको दारियान्तोले बताएका छन्।
त्यहाँका अधिकारीकाले आन्दोलनरत समूहले शहरका भवनहरूमा आगजनी गरेपछि कैयौँ व्यक्तिको भवनभित्र आगोले जलेर ज्यान गएको जानकारी दिएका छन्।
दारियान्तोका अनुसार मृतकमध्ये धेरैजसो व्यक्तिको प्रदर्शनकारीले भवनमा लगाएको आगोमा परी निधन भएको हो। अधिकांश भाग जलेर घाइते भएकाहरुलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ।
भवनहरूको आगो नियन्त्रण भएपनि भवनका सबै तलामा उद्धार टोली पुगिनसकेको हुदा मृतकको सङ्ख्या थप बढ्नसक्ने प्रारम्भिक सूचना पाएको दारियन्तोले जनाए।