केन्याको राजधानी नैरोबीको एक विद्यालयको भवन भत्किँदा कम्तिमा सात बालबालिकाको ज्यान गएको छ। स्थानीय समय अनुसार सोमबार बिहान विद्यालय सुरु भए लगत्तै कक्षाकोठ भत्किएको हो।
दर्जनौँ विद्यार्थी भत्किएको भवनको भग्नावशेषमा फसेको हुन सक्ने सरकारी अधिकारीले बताएका छन्। आपतकालीन उद्धारकर्मीहरु घटनास्थलमा खटिएका छन्।