एजेन्सी – अमेरिकामा पर्यटक बस दुर्घटना हुँदा ४ चिनियाँ नागरिकको मृत्यु भएको छ र ५ जना घाइते भएका छन्। अमेरिकाको युटा राज्यमा चलिरहेको बस बाटो छेउको रेलिङमा ठोकिएर दुर्घटना भएको हो।
सरकारी अधिकारीका अनुसार दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेकोे छ। दुर्घटनाको खबर प्रप्त हुने बित्तिकै उद्धारका लागि ३ वटा हेलिकप्टर तथा आपतकालीन उद्धारका सवारी साधन घटनास्थल पुगेका थिए।
घाइते तथा ज्यान गुमाउनेहरु सबै चिनियाँ नागरिक रहेको र घाइतेहरु स्थानीय अस्पतालमा उपचाररत छन्। बसका चालक चिनियाँ मुलका अमेरिकी नागरिक रहेको प्रहरीले जानकारी दिएको छ।