एजेन्सी – फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले देशमा भ्रष्टाचार उन्मुलन गर्न जनतालाई सशक्त प्रतिकारमा उत्रिन आग्रह गरेका छन्।
राष्ट्रपति डुटरटेले सार्वजनिक कार्यक्रममा बोल्दै भ्रष्टाचारमा संलग्नलाई नमर्ने गरि गोली ठोक्न समेत आग्रह गरेका छन्। भ्रष्टाचारीलाई जेलको सजाय मात्रै पर्याप्त हुदैन्। राष्ट्रपति डुटर्टेको अनुसार उनीहरुलाई शारीरिक रुपमै घाइते बनाउनुपर्नेे रहेको छ।
उनले सेवाग्राहीसँग कोही कसैले घुस मागे तत्काल थप्पड हान्न समेत जनतालाई आग्रह गरेका छन्। विवादास्पद छवि भएका फिलिपिनी राष्ट्रपति डुटर्टेमाथि देशमा ‘लागूऔषध तस्कर’ तथा अभियान चलाउँदा ३४ सय जना व्यक्तिको हत्या गरेको आरोप छ।
पश्चिमा देशका नेताहरूप्रति कटाक्ष गर्ने भएकाले उनी राष्ट्रवादी नेताको छविले जनतामाझ निकै लोकप्रिय छन्।