एजेन्सी - तेहरान– इरानले तीन अष्ट्रेलियन नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई जनाले गैर कानूनी रुपमा सैनिक क्षेत्रको तस्बीर खिचेको इरानको फार्स समाचार संस्थाले जनाए अनुसार इरानमा तीन अष्ट्रेलियन नागरिकलाई पक्राउ गरिएको हो।
अर्का एक जनालाई भने तेश्रो मुलुकका लागि जासुसी गरेको अभियोगमा पक्राउ गरिएको इरानी न्यायपालिकाका प्रवक्तालाई उद्धृत गर्दै फार्सले उल्लेख गरेको छ।
जासुसीको अभियोगमा पक्राउ परेका व्यक्तिलाई अदालतले सजाय सुनाउन भने बाँकी रहेको बताइएको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरुको पहिचान भने सार्वजनिक गरिएको छैन।
त्यस्तै, उनीहरुलाई कुन स्थानबाट कहिले नियन्त्रणमा लिइएको हो भन्ने पनि खुलाइएको छैन।यता अष्ट्रेलिया सरकारले भने इरानमा नियन्त्रणमा लिइएका आफ्ना नागरिक तथा उनीहरुका परिवारलाई कन्सुलर सेवा उपलब्ध गराइएको जनाएको छ।
गतसाता अष्ट्रेलिया सरकारले इरानमा आफ्ना तीन नागरिकहरु बन्दी बनाइएको जनाएको थियो।