एजेन्सी– अफगानका राष्ट्रपति अशरफ घानी सहभागी रहेको एक चुनावी ¥याली नजिकै विष्फोट हुँदा कम्तीमा २४ जनाको ज्यान गएको छ र ३१ जना घाइते भएका छन्।
अधिकारीले परवान प्रान्तको चारिकर शहरमा चुनावी ¥यालीमा विष्फोट हुदा राष्ट्रपति घानी भने सुरक्षित रहेकोे जनाएका छन्। मारिनेमा महिला तथा बालबालिकासमेत रहेको बताइएको छ। घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ।
अधिकारीले विष्फोटन आत्मघाती प्रकृतिको रहेको जनाएका छन्। आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिइसकेको छैन।
यद्यपि, अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले अर्को साताको शनिबार हुन लागेको चुनावमा सहभागी नहुने र चुनाव हुनै नदिने भन्दै यस्ता चुनावी कार्यक्रमलाई लक्षित गरी आक्रमण गर्दै आएको छ।