काठमाडौं — इजरायलमा ६ महिनाको अवधिमा दोस्रोपटक आम चुनाव हुँदैछ। नयाँ प्रधानमन्त्रीका लागि मतदाताले आज मतदान गर्दैछन्।
गत अप्रिलमा भएको निर्वाचनपछि चुनिएका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले सरकार बनाउन असफल भएपछि पुनः निर्वाचन हुन लागेको हो। यदि यो पटक पनि विजयी भएमा नेतन्याहू पाँचौपटक प्रधानमन्त्री बन्नेछन्।
दक्षिणपन्थी लिकुड पार्टीको नेतृत्व गर्ने बेन्जामिनलाई पूर्वसैन्य प्रमुख बेनी गेट्सले चुनौती दिएका छन्। गेट्स इजरायलका पूर्व्वित्त मन्त्रीसमेत हुन्। टेलिभिजन कार्यक्रम सञ्चालक समेत रहेका उनी सेन्ट्रिस्ट ब्यू एन्ड ह्वाइट गठबन्धनका नेता हुन्।
बेन्जामिनलाई ६ महिनामा सरकार बनाउने दोस्रो मौका
यसै वर्षको अप्रिल ९ मा पनि आम निर्वाचन भएको थियो। जसमा नेतन्याहुको लिकुड पार्टीले १ सय २० मध्ये ३६ सिटमा जित जात पारेको थियो। जुन बेनी गेट्सको पार्टी ब्यू एन्ड ह्वाइटको भन्दा धेरै थियो तर बहुमत थिएन।
उनलाई तत्कालका लागि सरकार बनाउन भने सो मतले सम्भव थियो। लगत्तै उनले गठबन्धनको सरकार बनाउने निर्णय गरे तर संसदमा बहुमत र्पुयाउन नसकेपछि गत मेमा संसद विघटनको निर्णय गर्दै उनले आम निर्वाचनको घोषणा गरेका थिए।
इजरायलका स्थानीय सञ्चारमाध्यमले दुई हप्ता पहिले २ वटा पोल सर्भे गरेका थिए। उक्त सर्भेमा विगतकै नजिता आउने निष्कर्ष आएको थियो। जसअनुसार लिकुड पार्टीको ३२ र ब्यू एन्ड ह्वाइटको ३१ सिट आउने अनुमान गरिएको छ।