एजेन्सी – खालिस्को प्रान्तमा एउटा इनारमा पुरिएका ४४ वटा शवको मेक्सिकोका विधिविज्ञानविज्ञहरूले पहिचान भएको बताएका छन्। ग्वादलहार नगरबाहिर १ सय १९ वटा काला झोलामा हालेर पुरिएको अवस्थामा मानव अवशेष भेटिएको थियो। स्थानीय बासिन्दाले सो क्षेत्रबाट दुर्गन्ध आएको गुनासो गरेपछि त्यहाँ मानव अवशेष पुरिएको थाहा भएको थियो।
खालिस्को प्रान्तमा लागुपदार्थको कारोबार गर्ने आपराधिक समूहहरू सक्रिय छन्। यो वर्ष यसअघि पनि त्यस्ता शव पुरिएको अवस्थामा फेला परेका थिए। मेक्सिकोका खुङ्खार लागुऔषध तस्करीका नाइकेको यस्तो छ कहानी कोकेनका २ सय ४६ प्याकेट निलेका यात्रीको विमानमै मृत्यु महिलाको पेटमा कोकिनका ‘१ सय ६ क्याप्सुल’ अधिकांश शवहरूलाई टुक्राटुक्रा पारेर काटिएको थियो।
शव पहिचान गर्न ती टुक्राहरूलाई जोड्नुपरेको थियो त्यसैले धेरै शवको अझै पहिचान हुन बाँकी छ। बेपत्ता मानिसहरूको खोजी गर्ने एउटा संस्थाले विशेषज्ञहरूको सहयोग लिएर शव पहिचान गर्न सरकारलाई आग्रह गरेको छ। उनको भनाइ अनुसार स्थानीय विधिविज्ञान विभागमा कामको ठूलो चाप रहेको छ र त्यहाँका कर्मचारीसँग आवश्यक सीप भने छैन्।