बझाङ – जिल्लाको बित्थड चिर गाउँपालिकाको गाडीमा शनिबार राती देउलेख बजारमा अज्ञात समूहले आगजनी गरेको छ। पार्किङ गरेर राखेको गाडीमा राती करिब १ः३० बजेको समयमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
आगजनीबाट गाउँपालिकाको से १ झ २७४ नम्बरको गाडीको अगाडीको भाग पूर्ण रुपमा जलेर नष्ट भएको बिथ्थड चिर गाँउपालिकाले जनाएको छ।
घट्नामा संलग्न भएको आशंकामा नेत्रविक्रम चन्द्र विप्लव नेकपाका कार्यकर्ता अम्मर महरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी इश्वरीदत्त पाण्डेले जानकारी दिए। घटनामा अन्य संलग्नहरूको खोजकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।