एजेन्सी, ७ माघ –चीनले मल्टीस्पेक्ट्रल इमेजिङका लागि दुईवटा भू–उपग्रह सोमबार प्रक्षेपण गरेको छ।
चीनकाे चाङ गुआङ सेटेलाइट टेक्नोलोजी कम्पनीले निर्माण गरेको उक्त भू-उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रवेश गरेको छ। भू-उपग्रह चीनको उत्तरपश्चिममा रहेको जिक्वान प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो।
साे भूउपग्रहको माध्यमबाट रिमोट सेन्सिङ तथ्याङ्क प्राप्त गर्न सकिने केन्द्रले जनाएकाे छ। यसका साथै वन, सिपिङ, स्रोत तथा वातावरण अनुगमनका लागि पनि भू-उपग्रह उपयाेगी हुने बताइएकाे छ। यो भू-उपग्रह चीनले यसअघि प्रक्षेपण गरिएका १० वटा जिलिन–१ भू-उपग्रहकै एक भाग हो। (रासस)