एजेन्सी– आफू सुरक्षा सल्लाहकारसँय सहमत नभएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारलाई निकालीदिएका छन्। उनले यसअघि पनि दुई सुरक्षा सल्लाहकारलाई पदबाट बर्खास्त गरिसकेका थिए। हाल राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा जोन बोल्टन कार्यरत थिए।
सन् २०१८ को अप्रिलमा सुरक्षा सल्लाहकारमा नियुक्त भएका बोल्टनलाई पनि ट्रम्पले पदबाट हटाएपछि विश्वभरबाट अनेक खालको टिक्काटिप्पणी भइरहेको छ। बोल्टनलाई हटाउनुको कारण उनीसँगको असहमति रहेको ट्रम्पले बताएका छन्। यसअघि मिसेल फ्लाइन र एचआर एमसीमास्टरले ट्रम्पको सुरक्षा सल्लाहकारको भूमिका खेलेका थिए। ट्रम्पसँगको असहमतिपछि उनीहरू छोटो समयमै बाहिरिएका थिए।
ट्रम्पले एक ट्विट गर्दै पदबाट राजीनामा दिन आग्रह गरेपछि जोनले राजीनामा दिएको बताएका छन्। तर जोनले भने ट्रम्पले नभनीकनै आफूले पदबाट राजीनामा दिएको बताएका छन्। जोनले उपयुक्त समयमा आफ्ना भनाइ सार्वजनिक गर्ने पनि बताएका छन् ।
ट्रम्पले इनारविरुद्ध अपनाएको कडा रवैयाको प्रमुख योजनाकार यिनै बोल्टनलाई मानिन्छ।तेहरानका नेताहरूसँग ट्रम्पले भेटघाट गर्न चाहेकोमा उनले विरोध गरेका थिए। त्यस्तै, उत्तर कोरियासँग परमाणु निःशस्त्रीकरणसम्बन्धी शिखर वार्तामा सकारात्मक भूमिका नखेलेको आरोप अमेरिकी अधिकारीहरूले उनीमाथि लगाएका छन्। हालका लागि सुरक्षा सल्लाहकारको पद खाली छ।