एजेन्सी - अमेरिकाको मुसौरी हाईवेमा मंगलबार सवारी दुर्घटनामा परि एक नेपाली दम्पत्ति र तिनको छोरी सहित तीन जनाको मृत्यु भएको छ, र सोही परिवारका २ जना गम्भीर घाइते भएका छन्।
अमेरिकी प्रहरीले दुर्घटनामा मृत्यु हुने र घाइते हुनेकोे नाम सार्वजनिक गरेको छ। गोविन्द खनाल, शान्ता खनाल र शारदा खनाल ओझाको ज्यान गएकोे छ। गोविन्दको श्रीमती शान्ता र छोरी शारदा हुन्।
जोप्लिनग्लोब डटकमले घटनाबारे अपडेट गर्दै गोविन्दको घटनास्थलमै र आमा, छोरीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको लेखेको छ।
दुर्घटनामा कारका चालक शान्ताका श्रीमान् प्रभास ओझा र उनका ४ वर्षीय छोरा घाइते भएका छन्। अस्पताललाई उद्धृृत गर्दै त्यहाँको प्रहरीले जनाएअनुसार उनीहरूमध्ये प्रभासको अवस्था जटिल छ। उनका छोरा गम्भीर छन्।
टोयोटाको आरएभी ४ मोडलको गाडीमा सवार उनीहरू कहिले र कसरी अमेरिका पुगेका हुन्, भन्ने समाचारमा खुलेको छैन। घुमफिरका लागि वा अरू कही काम विषेश उनिहरु सबै एउटै गाडीमा सवार थिए भन्ने पनि अझैँ पूष्टी भएको छैन।
मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक बत्तीमा रोकिएका उनीहरूलाई सोही दिशामा गइरहेको पिकअप ट्रकले ठक्कर दिएको थियो।
अन्य सवारीका दुई चालकलाई घटनामा प्रहरीले नियन्त्रणमा लिएको छ तर पहिचान भने खुलाएको छैन। द जोप्लिन ग्लोबका अनुसार, घटनाबारे अहिले दी मेजर जोप्लिन पुलिस विभागले अनुसन्धान गरिरहेको छ।