एजेन्सी - पाकिस्तानी सेनाले कश्मीरको निम्ति अन्तिमसम्म सङ्घर्ष गर्ने बताएकाे छ। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले भने, नचाहँदा नचाहँदै पनि कश्मीरका लागि युद्ध गर्नैपर्ने पाकिस्तानको बाध्यता हुनेछ।
कश्मीरका लागि अन्तिम गोली, अन्तिम सिपाही र अन्तिम सास रहेसम्म लडिरहने मेजर जनरल गफूरले दृढता देखाए।
उनले थपे, “स्वतन्त्रताको भावना कश्मीरीहरूको तेस्रो पुस्ताको डीएनएमा नै छ। जति दबाउन खोजियो त्यो त्यति बाहिर निस्किन्छ।
भारतले कश्मीरमा हस्तक्षेप गरेपछि पाकिस्तान र भारत बिच दुश्मनिको आगो दन्किएको छ।
पाकिस्तानी सेनाका प्रवक्ताले यही परिप्रेक्ष्यमा कश्मीरबारे कुरा गर्न बुधवार पत्रकार सम्मेलनको आयोजना गरेका थिए।
कश्मीरलाई सन्देश
उनले पाकिस्तानको भौगोलिक अवस्थालाई पत्रकार सम्मेलनमा उनर्ले अन्तरराष्ट्रिय जगत र क्षेत्रीय मुलुकहरूले बेवास्ता गर्न नसक्ने बताए।
आफूहरू कश्मीरी जनतासँगै रहेको सन्देश दिन चाहेको सैनिक प्रवक्ता गफूरले बताए।
कश्मीरी जनताले अहिले भोगनुपरेको दुखबारे आफूहरू अवगत रहेको भन्दै उनले अधिकार प्राप्तिको दिन आएरै छाड्ने बताए।
गफूरले भने, सन् १९४७ मा नभइ सन् १८५७ मै पाकिस्तानको स्वतन्त्रताका लागि प्रयास थालिएको थियो। कश्मीरको स्वतन्त्रताका लागि कुनै किसिमको सम्झौता गरिनेछैन।
गफूरले भने, “भारतमा राष्ट्रिय स्वयंसेवक सङ्घ र नाजी विचारधारा सत्तामा भएकाले मुस्लिम र दलितसहित अल्पसङ्ख्यक समुदायका मानिसहरू जोखिममा छन्। त्यहाँ धार्मिक र सामाजिक स्वतन्त्रता छैन।“
कश्मीरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको ‘फासीवादी’ सरकारले नेहरूका कदमलाई सिध्याएको सैनिक प्रवक्ता गफूरले आरोप लगाए।