काठमाडौं–भारतले लश्कर–ए–तोयबाका संस्थापक हाफिज सइद, जैश–ए–मोहम्मद प्रमुख मसुद अजहर, जकी उर्रहमान लखवी र माफिया दाउद इब्राहिमलाई आतंकवादी घोषणा गरेको हो। भारतीय गृहमन्त्रालयले जारी गरेको एक विज्ञप्तिअनुसार एक महिना अगाडि संसदबाट पारित आतंकवाद विरोधी कानुनले उनीहरुलाई आतंकवादी घोषणा गरिएको थियो।
मसुद अजहरले भारतमा पाँच ठूला आक्रमण गरेको कारण उनलाई संयुक्त राष्ट्रसंघले यो भन्दा अगाडि नै अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गरिसकेको थियो। भारतीय संसदमा आक्रमण गरेको आरोप भने लश्कर–ए–तोयबाका संस्थापक हाफिज सइदलाई लागेको छ।
वान्टेडको सूचीमा परेको भारतीय अन्डरवर्ल्ड डन दाउद इब्राहिम पाकिस्तानको कराँचीमा रहेको बताइएता पनि पाकिस्तानीहरुले उनको उपस्थिति नभएको बताउँदै आएका छन्।
गुलमर्ग भन्ने ठाउँबाट दुई जनालाई र लश्कर–ए–तोयबामा सम्लंग्न दुई जनालाई पक्राउ गरिएको भारतीय सेनाले जानकारी दिएको छ। पाकिस्तानले लश्कर–ए–तोयबाका व्यक्तिहरुलाई छुटाउन भारतमा घुसपैठ गराउने खोजेको जानकारी पनि भारतीय सेनाले दिएको हो।