एजेन्सी– पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा मेट्जलाई २–० ले हराएको छ। आफ्नो मुख्य हतियार केलियन एमबाप्पे, नेयमार र काभानीको अनुपस्थितिमा पनि उसले खेल आफ्नो पक्षमा पारेको हो।
१३ औं मिनेटमा पाएको पेनाल्टीलाई एन्जल डी मारियालले सदुपयोग गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिए। पहिलो हाफको अन्यतिर इरिक म्याक्सिम चोउपोले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए।
एमबाप्पे र काभानी चोटका कारण मैदान बाहिर रहेपनि नेयमारले भने यो सिजन पिएसजीबाट खेलेका छैनन्। उनी पीएसजी छोड्ने तयारीमा छन।