काठमाडौं– भारतमा जारी यु–१५ साफ च्याम्पियन्समको फाइनलमा नेपाल भारतविरुद्ध खेल्दै छ। भारतकै मैदानमा हुने खेलमा नेपाल उपाधि जित्दै इतिहास रच्ने दाउमा छ।
तर नेपालको लागि यो खेल एकदम चुनौतिपुर्ण छ। बलियो मानिएको भारतलाई उसकै घरमा हराउन सके ठूलै उपलब्धि हुनेछ। खेल भारतको कल्याणी रङगशालामा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे हुदैछ।
च्याम्पियनसिपमा नेपालको पहिलो प्रतिद्वन्द्विका रुपमा भारत रहेको थियो । जहाँ नेपालले भारतसँग ५–० को हार बेहोरेको थियो। श्रीलंकालाई २–० ले हराउँदै विजय लयमा फर्केको नेपालले त्यसपछि बंगलादेशलाई ४–१ र भुटानलाई ६–० ले हराउँदै फाइनल पुगेको हो।