काठमाडौं– एसीसी यू–१९ एसिया कप तयारीको तेस्रो अभ्यास खेलमा नेपाली यू–१९ क्रिकेट टिमले दुइ सय २५ रनको लक्ष्य पछ्याइरहेको छ।
श्रीलंकाली टिम चिलाव मारियन्सले नेपाली युवा टिमलाई २२५ रनको लक्ष्य पेश गरेको हो । मारियन्सल ५० ओभरमा ८ विकेटको क्षतिमा २२४ रन बनाएपछि नेपालले मध्यम लक्ष्य पाएको हो।नेपाल जवाफि ब्याटिङ गरिरहेकाे छ।
नेपाल रहेको समूह ‘बी’मा आयोजक श्रीलंका, बंगलादेश र यूएई रहेका छन्। यहि भदौ १९ गतेदेखि श्रीलंकामा एसीसी यू–१९ एसिया कप सुरु हुँदैछ । नेपालले यहि प्रतियोगिताको लागि खेलेको पहिलो अभ्यास खेलमा हार बेहोरेको थियो भने दोस्रो अभ्यास खेल आफ्नो पक्षमा पारेको थियो।